बारा- १ मा एमालेका मैनाली, ३ मा पनि एमालेकै साह निर्वाचित

काठमाडौं: बाराको क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा एमालेका अच्युत मैनाली निर्वाचित भएका छन्। उनले ३९ हजार १९५ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका हुन्।
उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमाकान्त चौधरीले ३० हजार ५६ मत ल्याए। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले तीन हजार ३१८ मत ल्याए।
विसं २०७४ मा चौधरीले मैनालीलाई पराजित गरेका थिए।
यस्तै बाराको क्षेत्र नं ३ बाट पनि एमालेकी उम्मेदवार विजयी भएकी छिन्। ज्वालाकुमारी साहले २० हजार २५१ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन्।
उनको प्रतिस्पर्धी जनता समाजवादी पार्टीका रामबाबुकुमार यादवले १७ हजार २७९ मत प्राप्त गरेका थिए।
यता बाराको क्षेत्र नम्बर ४ मा भने एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ निर्वाचित भइसकेका छन्। उनले २० हजार २९७ मत ल्याएर प्रतिनिधि सभा सदस्य चुनिएका हुन्।
दोस्रोमा एमालेका एकवाल मियाँ आए। उनले १३ हजार ८६३ मत पाएका थिए।
बाराको क्षेत्र नम्बर २ मा भने माओवादी केन्द्रका शिवचन्द्रप्रसाद कुशवाहाले अग्रता बनाइराखेका छन्। कुशवाहाले १० हजार १० मत प्राप्त गरेका छन्।
यस्तै दोस्रो स्थानमा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव छन्। उनले नौ हजार २३ मत पाएका छन्।
मंसिर ९, २०७९ शुक्रबार ०९:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।