हुम्ला प्रदेश (क) बाट माओवादीका परियार विजयी

हुम्ला प्रदेश (क) बाट माओवादीका परियार विजयी

सुर्खेत: नेकपा माओवादी केन्द्रका रणसिंह परियार निर्वाचित भएका छन्। स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका मंगलबहादुर शाहीलाई एक हजार ८५१ मतान्तरले पराजित गर्दै परियार विजयी भएका हुन्।

यो क्षेत्र माओवादीको भागमा परेपछि शाहीले विद्रोह गरेर बागी उम्मेदवारी दिएका थिए।

माओवादीका परियारले ६ हजार ४८१ मत ल्याए भने शाहीले चार हजार ६३० मत ल्याए। यस्तै एमालेका दल फडेराले दुई हजार ९९ मत ल्याउँदा एकीकृत समाजवादीका हस्तबहादुर शाहीले ७८८ मत पाए।

यहाँ ३३२ मत बदर भएको छ।

मंसिर ९, २०७९ शुक्रबार ०८:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।