मुढामा बस्ने क्रममा लडेर घटनास्थलमै मृत्यु

मुढामा बस्ने क्रममा लडेर घटनास्थलमै मृत्यु

काठमाडौं: घरको पिँढीमा मुढामा बस्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ। हिजो दिउँसो सवा २ बजे धादिङ निलकण्ठ नगरपालिका-.८ बस्ने ८६ वर्षीय भुलबहादुर ढुङ्गानाको मृत्यु भएको हो।

उनी आफ्नै छिमेकी गोपाल कुमालको घरको पिँढीमा मुढामा बस्ने क्रममा मुढाबाट लडेका थिए। उनको घटनास्थलमै मृत्यु भएको थियो।

उनको शव पोस्टमोर्टमका लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
 

मंसिर ९, २०७९ शुक्रबार ०८:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।