काभ्रे–१ (ख): तीन मत बढी ल्याएर कांग्रेसका तीर्थ लामा निर्वाचित

काठमाडौं: काभ्रेको क्षेत्र नं १ को प्रदेश सभा (ख)मा नेपाली कांग्रेसका उम्मेदवार तीर्थ लामा विजयी भएका छन्। मतपरिणाम अनुसार उनले निकटतम् प्रतिद्वन्द्वी एमालेका चन्द्र लामालाई तीन मतले पराजित गरेका हुन्।
कांग्रेसका नेता तीर्थले १९ हजार २८० र एमालेका नेता चन्द्रले १९ हजार २७७ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा नौ जना उम्मेदवार प्रतिस्पर्धामा थिए।
मंसिर ९, २०७९ शुक्रबार ०८:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।