तराईका केही स्थानमा हुस्सु लागे पनि आज मौसम सफा रहने

तराईका केही स्थानमा हुस्सु लागे पनि आज मौसम सफा रहने

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम सामान्यतया सफा रहने जनाएको छ। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नभएकाले मौसम सफा हुने पूर्वानुमान गरिएको हो।

यतिबेला देशका तराई भू-भागका केही स्थानमा हुस्सु/कुहिरो लागेको भए पनि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ भने राति पनि मौसम सामान्यतया सफा रहनेछ।

चिसो बढ्दै गएकाले सतर्कता अपनाउन भने महाशाखाले अनुरोध गरेको छ।

मंसिर ९, २०७९ शुक्रबार ०८:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।