रुपन्देही- २: मुचुल्कामा भन्दा मतपेटिकामा ३४ मत बढी भेटियो, गणना स्थगित

बुटवल: रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना स्थगित भएको छ। मुचुल्कामा भन्दा मतपेटिकामा ३४ मत बढी भेटिएपछि विवाद उत्पन्न भएर गणना स्थगित भएको हो।
रुपन्देही- २ मा मतगणना अन्तिम चरणमा पुगेको थियो। बिहान ३ बजेदेखि मतगणना रोकिएको हो।
पछिल्लो मतगणनाअनुसार हाल रुपन्देही- २ मा एमालेका विष्णु पौडेलले अग्रता बनाएका छन्। पौडेलले २३ हजार ७९३ मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २२ हजार ८८७ मत ल्याएका छन्।
यस्तै सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापाले १९ हजार २७० मत ल्याएका छन्।
मंसिर ९, २०७९ शुक्रबार ०८:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।