कास्की-३: पाँच हजार ४४५ मतान्तरले एमालेका पौडेल निर्वाचित

पोखरा: प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत कास्की क्षेत्र नं ३ मा एमालेका उम्मेदवार दामोदर पौडेल (बैरागी) निर्वाचित भएका छन्। आज बिहान घोषणा गरिएको अन्तिम मतपरिणामअनुसार पौडेलले माओवादी केन्द्रका रामजीप्रसाद बराललाई पाँच हजार ४४५ मतान्तरले पराजित गरेका हुन्।
पौडेलले २२ हजार ९८० मत प्राप्त गर्दा बरालले १७ हजार ५३५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका योगप्रसाद पौडेलले १२ हजार १८०, राष्ट्रिय प्रजातन्त्र पार्टीका जगतप्रसाद सुवेदीले दुई हजार ४४२ मत प्राप्त गरेका छन्।
सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १५ जना उम्मेदवार चुनावी मैदानमा थिए। कास्की क्षेत्र नं ३ मा कुल एक लाख एक हजार ७१५ मतदाता रहेकामा ६१ हजार २८१ मत खसेको थियो।
मंसिर ९, २०७९ शुक्रबार ०७:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।