पश्चिम नवलपरासी–१: सात हजार मतान्तरले त्रिपाठीलाई हराउँदै सांसद भए खर्बपति विनोद चौधरी

पश्चिम नवलपरासी–१: सात हजार मतान्तरले त्रिपाठीलाई हराउँदै सांसद भए खर्बपति विनोद चौधरी

काठमाडौं: नवलपरासी (बर्दघाट सुस्तापश्चिम)–१ को प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका विनोदकुमार चौधरी निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीलाई सात हजार १७८ मतान्तरले पछि पार्दै उनी निर्वाचित भएका हुन्।

जिल्ला निर्वाचन अधिकृत सुजाता खत्रीका अनुसार चौधरीले २९ हजार ४९५ मत ल्याएका छन्। त्रिपाठीले भने २२ हजार ३०८ मत प्राप्त गरे।

चौधरी यसअघि संविधान सभाको पहिलो निर्वाचन २०६४ मा एमाले तथा संसदीय निर्वाचन २०७४ मा कांग्रेसतर्फबाट समानुपातिकबाट सांसद बनेका थिए। उनी चर्चित उद्यमी तथा नेपालका एक मात्र खर्बपति हुन्।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १२ हजार ५९९ तथा जनमत पार्टीका गुलावप्रसाद चौधरीले पाँच हजार ९४४ मत प्राप्त गरे।

यस क्षेत्रमा एक लाख १८ हजार २५० मतदाता रहेकामा ८४ हजार ३३५ जनाले मतदान गरेका थिए।

मंसिर ९, २०७९ शुक्रबार ०७:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।