विश्वकपको पहिलो खेलमा २-० गोलअन्तरले ब्राजिल विजयी

काठमाडौं: कतारमा जारी विश्वकप फुटबलमा ब्राजिलले विजयी सुरुआत गरेको छ। गए राति सम्पन्न खेलमा ब्राजिलले सर्बियालाई २-० गोलअन्तरले पराजित गरेको हो।
खेलको पहिलो हाफमा ब्राजिललाई सर्बियाले रोके पनि दोस्रो हाफमा दुई गोल हुन पुगेको थियो। खेलको ६२औँ र ७३औँ मिनेटमा ब्राजिलका लागि दुवै गोल रिचार्लिसनले गरेका हुन्।
पाँच पटकको विश्वकप विजेता राष्ट्र ब्राजिल यो जितसँगै ३ अंकका साथ समूहको शीर्ष स्थानमा छ।
मंसिर ९, २०७९ शुक्रबार ०७:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।