प्रतिनिधि सभा सुर्खेत १ बाट कांग्रेस उपसभापति खड्का विजयी

सुर्खेत : सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का विजयी भएका छन्।
सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका खड्का एमालेका ध्रुवकुमार शाहीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन्।
खड्काले ४२ हजार ६०७ मत ल्याउँदा एमालेका शाहीले ३० हजार ९८८ मत प्राप्त गरे।
खड्का केन्द्रीय राजनीतिमा प्रभाव राख्ने व्यक्ति हुन्।
मंसिर ८, २०७९ बिहीबार २१:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।