रुपन्देही-२ मा एमाले उपाध्यक्ष पाैडेलकाे १२६० मतकाे अग्रता

रुपन्देही-२ मा एमाले उपाध्यक्ष पाैडेलकाे १२६० मतकाे अग्रता

बुटवल : एमाले उपाध्यक्ष विष्णु पौडेलले रुपन्देहीको २ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १२६० मतले अग्रता लिएका छन्।

हालसम्म ५८ हजार मतगणनामा पौडेलले १९ हजार ७१६ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले १८ हजार ४६५ मत पाएका छन्।

यसैगरि जनमुक्ति पार्टीका केशब थापाले १६ हजार ३९६ मत प्राप्त गरेका छन्।

मंसिर ८, २०७९ बिहीबार २०:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।