डोल्पाको प्रदेश 'क' बाट एमालेका बुढा निर्वाचित 

डोल्पाको प्रदेश 'क' बाट एमालेका बुढा निर्वाचित 

सुर्खेत : प्रदेश सभा सदस्यमा डोल्पाको प्रदेश 'क' बाट एमालेका शेरबहादुर बुढा निर्वाचित भएका छन्।

कांग्रेसका दिपेन्द्रबहादुर शाहीलाई पराजित गर्दै एमालेका बुढा प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

एमालेका बुढाले ४ हजार ७ सय ४३ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका शाहीले २ हजार ४ सय ६५ मत पाए।

यो क्षेत्रमा ७ हजार ५ सय १८ मत खसेको थियो। बुढा एमालेका डाेल्पा अध्यक्ष समेत हुन्।

मंसिर ८, २०७९ बिहीबार २०:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।