समानुपातिकमा तेस्रो बन्न स्वतन्त्र पार्टी र माओवादी केन्द्रबीच कडा प्रतिस्पर्धा

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकमा तेस्रो दल बन्न राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादी केन्द्रबीच कडा प्रतिस्पर्धा भइरहेको छ।
बिहीबार साँझसम्म समानुपातिकतर्फ एमाले, कांग्रेस र स्वतन्त्र पार्टी क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन्।
यी दलले क्रमशः ७ लाख२७ हजार ८६८, ६ लाख९९ हजार ६५ र ३ लाख ४५ हजार ९३२ मत ल्याएका छन्।
उनीहरूलाई पछ्याएर चौथो स्थानमा रहेको माओवादी केन्द्रले ३ लाख २२ हजार २५० मत ल्याउँदा पाँचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ८७ हजार ८७४ मत ल्याएको छ।
जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी र एकीकृत समाजवादी क्रमशः छैटौं, सातौं, आठौं, नवौं र दशौं स्थानमा छ।
मंसिर ८, २०७९ बिहीबार २०:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।