प्रधानमन्त्रीमा मेरो पनि दाबी रहन्छ : शशांक कोइराला

काठमाडाैं : नेपाली कांग्रेसका नेता शशांक कोइरालाले संसदीय दलकाे नेता हुन उम्मेदवारी दिने बताएका छन्।
प्रतिनिधिसभा सदस्यका लागि विजय भएपछि कावासोतीमा कोइरालाले संसदीय दलकाे नेताका लागि उम्मेदवारी दिँदै प्रधानमन्त्रीको दावी गर्ने बताए।
‘प्रधानमन्त्रीमा फेरि शेरबहादुर देउवा पनि लड्नुहोला, गगनजीको पनि दाबी छ, मेरो पनि रहन्छ’ उनले भने, ‘अब मिलिजुली सरकार निर्माण हुने भएकाले त्यसको स्थायित्वका लागि ध्यान दिनुपर्ने अवस्था छ।’
पूर्वी नवलपरासी क्षेत्र नम्बर १ बाट उनी लगातार चौथो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
मंसिर ८, २०७९ बिहीबार १९:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।