रुपन्देही १ मा छविलाल र घनश्यामबीच २ हजारको मतान्तर

रुपन्देही १ मा छविलाल र घनश्यामबीच २ हजारको मतान्तर

काठमाडौं : रुपन्देही क्षेत्र नम्बर १ मा एमाले नेता छविलाल विश्वकर्माले १२ हजार ५१३ मतसहित अग्रता कायम गरेका छन्।

४८ हजार ४१७ मत गणना गर्दा विश्वकर्माले १२ हजार ५१३ मत ल्याएका हुन्। उनलाई जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन छ।

उता सत्ता गठबन्धनको आडमा चुनाव लडेका पूर्व एमाले नेता घनश्याम भुसालले १० हजार ४६२ मत ल्याएका छन्। उनीहरूबीच २ हजार ५१ मतको मतान्तर छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नरेशबहादुर पछाई क्षेत्रीले ६ हजार ५९६ मत ल्याउँदा नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरीले ७ हजार १६९ मत ल्याएका छन्।

मंसिर ८, २०७९ बिहीबार १८:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।