रुपन्देही–३ मा बोहोरा र खाँणबीच रोचक प्रतिस्पर्धा, पुनः खाँणको अग्रता

बुटवल : रुपन्देही क्षेत्र नंम्बर ३ मा पुनः नेपाली कांग्रेसका बालकृष्ण खाँणले अग्रता बनाएका छन्।
पछिल्लो मतपरिणाम अनुसार खाँणले २२ हजार ७६५ मत प्राप्त गरेका छन्। उनलाई सत्ता गठबन्धनमा आबद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाको साथ छ।
यसैगरी राप्रपाका दिपक बोहोराले २२ हजार ७३८ मत प्राप्त गरेका छन्। उनलाई एमाले र जनता समाजवादी पार्टीको साथ छ।
यहाँ यी दुवैबीच निकै रोचक प्रतिस्पर्धा चलिरहेको छ। यसअघिको परिणाममा बोहोराले अग्रता बनाएका थिए।
मंसिर ८, २०७९ बिहीबार १८:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।