झापा-३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन विजयी, कृष्ण सिटाैला फेरि पराजित

काठमाडाैं : झापा क्षेत्र नम्बर ३ मा राप्रपाका उम्मेदवारसमेत रहेका अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्।
उनले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई हराएका हुन्।
लिङ्देनले ४० हजार ६ सय ४८ मत ल्याए भने सिटौलाले ३७ हजार ३ सय ७२ मत ल्याए।
लिङ्देन ३ हजार २ सय ७६ मतान्तरसहित विजयी भएका हुन्।
सिटाैला २०७४ सालकाे संसदीय निर्वाचनमा पनि लिङ्देनसँग पराजित भएका थिए।
मंसिर ८, २०७९ बिहीबार १६:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।