चितवन–१ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित

काठमाडाैं : चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएका छन्।
उनले नेपाली कांग्रेसका विश्व पौडेल र एमालेका सुरेन्द्र पाण्डेलाई पराजित गरे।९६ हजार १०६ मत खसेको यस क्षेत्रबाट ढकालले ३४ हजार १८९ भोट ल्याएका छन्।
उनका निकटतम प्रतिस्पर्धी एमालेका पाण्डेले २६ हजार ६०८ र कांग्रेसका पौडेलले २४ हजार ९९० मत प्राप्त गरे।
३९ वर्षीय ढकाल १५ वर्षदेखि सेयर कारोबारमा सकृय रहँदै आएका थिए। उनले आर्थशास्त्रीको पहिचान बनाएका दुई प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले हराए।
ढकालले पाण्डेले भन्दा ७५८१ बढी मत पाए।
मंसिर ८, २०७९ बिहीबार १६:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।