काभ्रे–२ गोकुल बास्कोटा १५ सय मतले अगाडि

काठमाडौं : काभ्रेपलान्चोक जिल्लाको क्षेत्र नम्बर २ मा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री गोकुल बास्कोटा १५३३ मतले अगाडि छन्।
मतगणना सुरु भएको दिनदेखि पछि परेका बिहीबार विहानदेखि अग्रता कायम गर्न थालेका हुन्। पछिल्लो विवरणअनुसार उनले २७ हजार १८२ मत पाएका छन्।
उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका शिव हुमागाईंले २५ हजार ६४९ मत पाएका छन्।
मंसिर ८, २०७९ बिहीबार १५:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।