दुर्लभ थापालाई बधाई दिँदै महेश बस्नेतले भने– ‘हामी हार्न तयार तर हार खान तयार छैनौं’

दुर्लभ थापालाई बधाई दिँदै महेश बस्नेतले भने– ‘हामी हार्न तयार तर हार खान तयार छैनौं’

काठमाडौं : भक्तपुर क्षेन नम्बर २ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका एमाले नेता महेश बस्नेतले हार स्वीकार गर्दै कांग्रेसका दुर्लभ थापालाई बधाई दिएका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत बधाई दिँदै गरेको तस्बिर राखेर बस्नेतले राजनीतिमा प्रतिस्पर्धा र विकासमा ऐकबद्धता भन्ने अभियान अगाडि बढाएमा सधैँ साथ दिने प्रतिबद्धता व्यक्त गरे।

उनले मतदातालाई धन्यवाद दिँदै लोकतान्त्रिक पद्धतीमा जनताको अधिकार उपयोग गर्ने सुवर्ण अवसर भएको बताए।

‘यो निर्वाचनमा हाम्रो पार्टीको परिणाम अनुकुल नभएपनि आम मतदाता ,कार्यकर्ता र जनसमुदायमा हार्दिक आभार प्रकट गर्दछु,’ उनले भने, ‘लोकतान्त्रिक पद्दतिमा निर्वाचन जनता को अधिकार उपयोग गर्ने सुवर्ण अवसर हो।’

निर्वाचनमा हारजित स्वभाविक प्रक्रिया भएको बताउँदै उनले आफूहरू जस्तोसुकै परिस्थितिमा पनि जनताको साथमा हुने बताए। एमाले र महेश बस्नेत हार्न तयार भए पनि हार खान तयार नभएको उनले स्पष्ट पारे।

मंसिर ८, २०७९ बिहीबार १५:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।