राष्ट्रिय स्वतन्त्र पार्टीको उदयलाई ‘मामूली’ भन्दै ओलीले भने ‘हाहा र हुहुले देश त चल्दैन’

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले नीति र कार्यक्रमविनाको हाहा र हुहुले देशलाई गन्तव्यमा लान नसक्ने बताएका छन्।
झापामा विजय भएपछि सञ्चारमाध्यमसँग कुरा गर्दै उनले देश हाहा र हुहुमा नचल्ने बताएका छन्। उनले रवि लामिछाने नेतृत्त्वको राष्ट्रिय स्वतन्त्र पार्टीको उदयलाई सामान्य रूपले हेर्नुपर्ने बताए।
‘केही ठूलो कुरा होइन, स्वभाविक कुरा हो, मामूली कुरा हो,’ उनले भने, ‘सञ्चारमाध्यमको कृपाले भएको हो, बौद्धिक जगतले देशलाई गलत बाटोतर्फ लान खोज्दै हुनुहुन्छ।’
उनले नयाँ राजनीतिक दलसँग गन्तव्य, नीति, कार्यक्रम नभइ हावादारीको भरमा आएको आरोप लगाए। सञ्चारमाध्यम र बौद्धिक जमातले पनि त्यसलाई प्रोत्साहन गरिरहेको उनको भनाइ छ।
‘हाहा र हुहुमा देश त चल्दैन, त्यतापटि प्रोत्साहन गर्ने कुराले भविष्यलाई अध्यारोतर्फ लैजान्छ,’ उनले थपे, ‘हाहा हुहुमा देशलाई लान खोज्ने कुरा नेपालको हितमा छैन।’
मंसिर ८, २०७९ बिहीबार १५:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।