खोटाङमा एमालेका भट्टराईलाई पराजित गर्दै माओवादीका राई विजयी
काठमाडौंः खोटाङबाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका रामकुमार राई निर्वाचित भएका छन्।
एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्व प्रमुख सचेतक विशाल भट्टराईलाई २ हजार ६६९ को मतान्तरले पराजित गर्दै राई निर्वाचित भएका हुन्।
राईले ३१ हजार ३५१ मत ल्याउँदा भट्टराईले २८ हजार ६८२ मत प्राप्त गरेका थिए। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भट्टराई यहाँबाट निर्वाचित भएका थिए।
मंसिर ८, २०७९ बिहीबार १४:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।