कमल थापालाई पराजित गर्दै २३ वर्षपछि संघीय संसद्को निर्वाचनमा सफल राप्रपाका सिंह

काठमाडौं : एमालेका कमल थापालाई पराजित गर्दै मकवानपुर–१ मा राप्रपाका दिपकबहादुर सिंह २३ वर्षपछि संसदीय निर्वाचनमा निर्वाचित भएका छन्।
सुरुवातदेखि नै तेस्रो भइरहेका उनी अन्तिम समयमा ह्वात्तै मत आएपछि एमालेका कमल थापा र सत्ता गठबन्धनकी डिना संग्रौलालाई पराजित गर्दै विजयी भएका हुन्।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी हेटौंडा उप–महानगरपालिकाको प्रमुख पदका दाबेदार थिए। तर, यनी पराजित भएका थिए।
२०५४ सालमा हेटौंडा नगरपालिकाको प्रमुखका लागि भएको निर्वाचन, २०५६ को संसदीय निर्वाचन र २०७० को संविधानसभा निर्वाचनमा पराजित उनले यसपालीको निर्वाचनमा भने विजयी भएका हुन्।
२०६४ को संविधानसभा र ०७४ सालको संसदीय निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवार भए पनि उनी सांसद बन्न सकेका थिएनन्।
मंसिर ८, २०७९ बिहीबार १४:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।