दैलेख–१ (ख) मा बिसी र २ (क) मा भण्डारी विजयी

सुर्खेत: दैलेख निर्वाचन क्षेत्र नम्बर–२ प्रदेश सभा (क) मा गठबन्धनबाट नेपाली कांग्रेसका घनश्याम भण्डारी विजयी भएका छन्। भण्डारीले नेकपा एमालेका तिलकप्रसाद रिजाललाई एक हजार ३०५ मतान्तरले हराएका हुन्।
भण्डारीले जम्मा खसेको मत २२ हजार ९४२ गणना गर्दा १० हजार ८०० मत पाएका हुन्। एमालेका रिजालले नौ हजार ४९५ मत प्राप्त गरेका छन्।
प्रदेश सभामा निर्वाचित भण्डारी पूर्व दुल्लु नगरपालिकाका प्रमुख समेत हुन्। उनी देउवा निकट नेता हुन्।
यस्तै, राप्रपाका यज्ञबहादुर थापाले ४७८, नेमकिपाका मदन भण्डारीले ३३७, हाम्रो नेपाली पार्टीका प्रेमबहादुर भण्डारीले ४७२, स्वतन्त्र पुरुषोत्तम रिजालले २७० मत ल्याएका छन्।
त्यसैगरी दैलेख निर्वाचन क्षेत्र नं. १ (ख)मा नेपाली कांग्रेसकै कृष्णकुमार बिसी विजयी भएका छन्। सत्ता गठबन्धनको सहयोगमा बिसीले १० हजार ५४४ मत प्राप्त गरी विजयी भएका हुन्।
बिसीका निकटतम प्रतिस्पर्धी एमालेका प्रेम थापाले नौ हजार ४६८ मत पाएका छन्। बिसी नेपाली कांग्रेस पार्टीमा रहेर जिल्लामा प्रभावशाली नेताका रूपमा स्थापित भएका छन्।
उनी पूर्व जिल्ला सभापति हुन्। २०७४ को निर्वाचनमा प्रदेश सभा सदस्यमा पराजित भएका बिसी यसपटक एक हजार ७६ मतान्तरले विजयी भएका हुन्।
मंसिर ८, २०७९ बिहीबार १४:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।