दैलेख- २ (ख) मा एमालेका शाह निर्वाचित, टिकटका लागि रातारात माओवादी छिरेका शाही पराजित

सुर्खेत: दैलेखको निर्वाचन क्षेत्र नम्बर– २ को प्रदेश सभा (ख)मा नेकपा एमालेका विनोदकुमार शाह विजयी भएका छन्। उनले वाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका योगेन्द्र शाहीलाई हराएका हुन्।
शाहले योगेन्द्रलाई ८४ मतले हराएका हुन्। शाहले नौ हजार ४६४ मत प्राप्त गरेर प्रदेश सभामा विजयी भएका हुन्। शाहका प्रतिद्वन्द्वी योगेन्द्रले नौ हजार ३८१ मत पाए।
योगेन्द्र टिकट नपाएपछि एमाले पार्टी परित्याग गरी रातारात माओवादीमा प्रवेश गरेका थिए। एमाले पार्टीभित्रै विद्रोह गरेर योगेन्द्रले टिकटकै लागि माओवादीमा प्रवेश गरेका थिए।
मंसिर ८, २०७९ बिहीबार १३:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।