सुर्खेत १ (क) मा कांग्रेसका पोखरेल विजयी, मन्त्री बन्न नपाएको झोँकमा एमाले छिरेका विष्ट पराजित

सुर्खेत १ (क) मा कांग्रेसका पोखरेल विजयी, मन्त्री बन्न नपाएको झोँकमा एमाले छिरेका विष्ट पराजित

सुर्खेत: सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका जिल्ला सभापति खड्ग पोखरले विजयी भएका छन्। उनले एमालेबाट उम्मेदवार बनेका ठम्मर विष्टलाई तीन हजार ७५ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन्।

यस क्षेत्रमा ३४ हजार ८३२ मत खसेको थियो। त्यसमध्ये पोखरेलको पक्षमा १८ हजार २६३ मत आउँदा विष्टले १५ हजार १८८ मत प्राप्त गरे।

विष्ट सांसद पद छँदै २०७८ चैतमा एमाले प्रवेश गरेका थिए। २०७४ मा माओवादी केन्द्रबाट निर्वाचित भएका उनी सरकारमा मन्त्री बन्न नपाएको भन्दै एमाले प्रवेश गरेका थिए।

मंसिर ८, २०७९ बिहीबार १२:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।