३४ हजार मतान्तरले चितवन- २ जिते रवि लामिछानेले

३४ हजार मतान्तरले चितवन- २ जिते रवि लामिछानेले

काठमाडौं: चितवनको निर्वाचन क्षेत्र नं २ मा निकै फराकिलो मतान्तरले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित भएका छन्। लामिछानेले आफ्ना निकट प्रतिद्वन्द्वीभन्दा ३४ हजार १६२ मत बढी ल्याएका छन्।

लामिछानको विजयको औपचारिक घोषणा भने हुन बाँकी छ। निर्वाचन आयोगले औपचारिक घोषणा गर्ने तयारी गरेको छ।

लामिछानेले ४९ हजार २६१ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत प्राप्त गरे।

यस क्षेत्रमा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत प्राप्त गरे। चितवन- २ मा कुल ८४ हजार ३१५ मत खसेको थियो।

निर्वाचित भएका लामिछानेलाई निकटतम् प्रतिस्पर्धी प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले बधाई दिएका छन्।

मंसिर ८, २०७९ बिहीबार १२:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।