कास्की- २ (ख) मा कांग्रेसका थापा विजयी

पोखरा: कास्कीको क्षेत्र नं २ को (ख) मा कांग्रेसका विन्दुकुमार थापा विजयी भएका छन्। प्रदेश सभा सदस्य पदमा थापाले एमालेकी मीना गुरुङलाई एक हजार ३१० मतान्तरले पराजित गरेका हुन्।
थापाले नौ हजार २७९ मत ल्याउँदा प्रतिस्पर्धी गुरुङले सात हजार ९७९ मत प्राप्त गरिन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अरुण गिरीले तीन हजार ९०२ मत प्राप्त गरे।
विजयी भएका विन्दुकुमार थापा दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्। उनी गण्डकी प्रदेशका बहालवाला आन्तरिक मामिला तथा कानूनमन्त्री हुन्।
मंसिर ८, २०७९ बिहीबार ११:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।