एमालेलाई ठूलो झट्का: महासचिव शङ्कर पोखरेल हारे, माओवादीकी शर्मा विजयी

एमालेलाई ठूलो झट्का: महासचिव शङ्कर पोखरेल हारे, माओवादीकी शर्मा विजयी

बुटवल: दाङको क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा विजयी भएकी छन्। उनले नेकपा एमालेका उम्मेदवार शङ्कर पोखरेललाई पराजित गरेकी हुन्।

शर्माले २५ हजार ७९७ मत ल्याएकी छिन्। उनी सत्ता गठबन्धनकी साझा उम्मेदवार पनि हुन्। शर्मा ०७४ सालमा समानुपातिकबाट सांसद बनेकी थिइन्।

पोखरेलले यसपटक २५ हजार ५३३ मत ल्याए। पोखरेल यसअघि प्रदेश सभामा थिए। उनी लुम्बिनी प्रदेशका प्रथम मुख्यमन्त्री पनि बनेका थिए। उनी एमालेका महासचिव हुन्। उनी केपी ओलीपछि एमालेको नेतृत्त्व गर्नसक्ने भनिएका नेता हुन्।

मंसिर ८, २०७९ बिहीबार ११:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।