गोरखा- १ मा कांग्रेसका बजगाईँ, २ मा माओवादी केन्द्रका प्रचण्ड फराकिलो मतान्तरले विजयी

गोरखा- १ मा कांग्रेसका बजगाईँ, २ मा माओवादी केन्द्रका प्रचण्ड फराकिलो मतान्तरले विजयी

काठमाडौं: प्रतिनिधि सभा सदस्यतर्फ गोरखा– १ मा नेपाली कांग्रेसका राजेन्द्र बजगाईँ फराकिलो मतान्तरले विजयी भएका छन्। उनले ३३ हजार ४२८ मत प्राप्त गरी प्रतिनिधि सभामा आफ्नो यात्रा तय गरेका हुन्।

सहायक निर्वाचन अधिकृत गोर्कणराज पन्तका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामशरण बस्नेतले १६ हजार ७८५ मत प्राप्त गरे।

बजगाईँले एमालेका बस्नेतलाई १६ हजार ६४३ मतको फराकिलो अन्तरले हराएका हुन्। विजयी बजगाईँ वाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका थिए।

विसं २०७४ को प्रदेश सभाको निर्वाचनमा भने एमालेका बस्नेतसँग बजगाईँ पराजित भएका थिए।

यस्तै गोरखाको क्षेत्र नम्बर २ मा भने पुष्पकमल दाहाल (प्रचण्ड) निर्वाचित भएका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि फराकिलो मतान्तरले विजयी भएका हुन्।

प्रचण्डले २६ हजार १०२ मत ल्याए। उनका निकट प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६३७ मत ल्याए।

यस्तै यस क्षेत्रमा एमालेका उम्मेदवार अब्दुससलाम मियाँ तेस्रो भएका छन्। उनले सात हजार ३९३ मत ल्याए। 

मंसिर ८, २०७९ बिहीबार १०:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।