लमजुङ: माओवादीका महासचिव पराजित, एमालेका पृथ्वीसुब्बा निर्वाचित

लमजुङ: माओवादीका महासचिव पराजित, एमालेका पृथ्वीसुब्बा निर्वाचित

पोखरा: लमजुङबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन्। उनले प्रमुख प्रतिस्पर्धी  माओवादी केन्द्रका देवप्रसाद गुरुङलाई हराउँदै जित हासिल गरेका हुन्।

पृथ्वीसुब्बाले ३४ हजार ९६९ मत ल्याउँदा देव गुरुङले ३१ हजार ७८१ मत प्राप्त गरे। पृथ्वीसुब्बा र देव गुरुङबीचको मतान्तर तीन हजार १८८ रहेको छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले नौ हजार २९ मत प्राप्त गरे।

यस क्षेत्रबाट २०७४ को प्रतिनिधि सभा निर्वाचनमा देव गुरुङ विजयी भएका थिए। पृथ्वीसुब्बा पनि यही जिल्लाबाट प्रदेश सभामा निर्वाचित भएका थिए।

पृथ्वीसुब्बा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री हुन्। उनी पार्टीको उपमहासचिव समेत हुन्। त्यस्तै देव गुरुङ पनि पूर्वमन्त्री र माओवादी केन्द्रका महासचिव हुन्।

मंसिर ८, २०७९ बिहीबार ०९:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।