आज देशभर मौसम सफा रहने

आज देशभर मौसम सफा रहने

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम सफा रहने जनाएको छ। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेकाले मौसम सफा हुने भएको हो।

यतिबेला पश्चिम तथा मध्य पहाडी तथा तराईका थोरै स्थानहरूमा हुस्सु लागेको तथा बाँकी भू-भागमा मौसम सफा रहेको छ।

आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी  भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सफा रहने छ।

आज राति देशभर मौसम सफा रहने छ।

मंसिर ८, २०७९ बिहीबार ०८:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।