नवलपरासी- १ (क)मा कांग्रेसका पाठक विजयी

नवलपरासी- १ (क)मा कांग्रेसका पाठक विजयी

भैरहवा: पश्चिम नवलपरासी क्षेत्र नम्बर १ (क) काे प्रदेश सभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता विश्वप्रेम पाठक निर्वाचित भएका छन्।

पाठकले १५ हजार ४३६ मत ल्याए। उनका निकटतम् प्रतिस्पर्धी तीन दलीय गठबन्धनका उम्मेदवार एमालेका पुण्यप्रसाद उपाध्याय पाैडेलले १३ हजार ३१६ मत ल्याए। उपाध्यायलाई दुई हजार १२० मतले पछि पादै पाठक विजयी बनेका हुन्।

४९ वर्षका पाठक बर्दाघाटबाट २०७४ को स्थानीय तह निर्वाचनमा मेयरमा पराजित भएका थिए। पाठक नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य समेत हुन्।

मंसिर ८, २०७९ बिहीबार ०८:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।