रुपन्देही- २ (क)मा एमालेका लीला गिरी निर्वाचित

रुपन्देही- २ (क)मा एमालेका लीला गिरी निर्वाचित

बुटवल: रुपन्देहीको क्षेत्र नम्बर २ (क) बाट नेकपा एमालेका पोलिटब्युरो सदस्य लीला गिरी प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्।
लुम्बिनी प्रदेशका पूर्वमन्त्री समेत रहेका गिरीले १७ हजार ६३२ मत प्राप्त गरे।

यस्तै उनका प्रतिस्पर्धी सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दीर्घबहादुर केसीले १४ हजार ९९८ मत प्राप्त गरेका छन्।

निर्वाचन कार्यालयका अनुसार यो क्षेत्रमा ४१ हजार ७३ मत खसेको थियो। गिरी लुम्बिनी प्रदेशमा एमालेको तर्फबाट मुख्यमन्त्रीका प्रमुख दावेदार समेत हुन्।

मंसिर ८, २०७९ बिहीबार ०७:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।