अर्घाखाँचीमा एमालेका रायमाझी १७ सय मतान्तरले विजयी, चौथो संसद् यात्रा

अर्घाखाँचीमा एमालेका रायमाझी १७ सय मतान्तरले विजयी, चौथो संसद् यात्रा

बुटवल: अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी विजयी भएका छन्। रायमाझीले ४२ हजार ६७५ मत ल्याएर विजयी भएका हुन्।

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले ४० हजार ९४५ मत प्राप्त गरेकी छिन्। निवर्तमान उपसभामुख समेत रहेकी भुसाललाई रायमाझीले एक हजार ७३० मतान्तरले पराजित गरेका हुन्। 

पटकपटक मन्त्रीसहित उपप्रधानमन्त्री समेत भइसकेका रायमाझीको संसद् यात्रा यो चौथो पटक हो। यसअघि २०६४, २०७० र २०७४ मा पनि अर्घाखाँचीबाट उनी निर्वाचित भएका थिए।

कुल मतदाता एक लाख ६४ हजार ७६८ रहेकोमा ८९ हजार ४३२ मत खसेको थियो।

मंसिर ८, २०७९ बिहीबार ०७:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।