जाजरकोटबाट शक्ति बस्नेतको ह्याट्रिक

जाजरकोटबाट शक्ति बस्नेतको ह्याट्रिक

सुर्खेत: माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत जाजरकोटबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। सत्ता गठबन्धनका साझा उम्मेदवार बस्नेतले एमालेका निरजप्रसाद आचार्यलाई नौ हजार ३१ मतान्तरले पराजित गरेका हुन्।

बस्नेतले ३४ हजार १५१ मत पाउँदा उनका आचार्यले २५ हजार १२० मत पाए। बस्नेत यसअघि २०७० मा जाजरकोट- १  र ०७४ मा जाजरकोटबाट निर्वाचित भएका थिए।

योसँगै जाजरकोटमा बस्नेतले जितमा ह्याट्रिक गरेका छन्।

मंसिर ८, २०७९ बिहीबार ०७:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।