रुपन्देही- ५ मा एमालेका वासुदेव घिमिरे फराकिलो मतान्तरले विजयी

रुपन्देही- ५ मा एमालेका वासुदेव घिमिरे फराकिलो मतान्तरले विजयी

बुटवल: रुपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका वासुदेव घिमिरे फराकिलो मतान्तरले विजयी भएका छन्। उनले कांग्रेसका उम्मेदवार भरतकुमार शाहलाई नौ हजार ७०२ मतान्तरले हराएका हुन्।

एमालेका घिमिरेले ३६ हजार ८२२ मत ल्याए। शाहले २७ हजार १२० मत प्राप्त गरे। शाह यसअघिका तीन वटा निर्वाचनमा सोही क्षेत्रबाट सांसद चुनिएका थिए। घिमिरे भने तिलोत्तमा नगरपालिकाका पूर्वमेयर हुन्।

मंसिर ८, २०७९ बिहीबार ०७:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।