पाल्पा क्षेत्र न.२: एमालेका ठाकुर गैरेको अग्रता कायमै

बुटवल: जारी प्रदेश तथा प्रतिनिधि सभाको मतगणनामा पाल्पा क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवारको अग्रता कायमै छ। बगनासकाली र तानसेन नगरपालिका, माथागढी- १, तिनाउ- १ र २ को मत गन्दासम्म एमालेका ठाकुर गैरे १७ हजार ३३८ मतसहित अग्र स्थानमा छन्।
उनलाई सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेयले १३ हजार ४११ मतसहित पछ्याउँदैछ छन्। पाण्डेय तीन हजार ९२७ मतले पछि छन्।
यस्तै तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरे छन्। उनले चार हजार ३७ मत पाएका छन्।
यस्तै पाल्पा- २ को प्रदेश सभा (ख)मा तिनाउ- १ कचल र दोभानको मतगणना हुँदासम्म एमालेका ओमबहादुर घर्तीको अग्रता छ। उनले एक हजार ८२९ मत पाएका छन्।
उनलाई माओवादी केन्द्रका तुलाराम घर्तीले एक हजार ७८२ मतसहित पछ्याइरहेका छन्।
मंसिर ८, २०७९ बिहीबार ०७:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।