प्रत्यक्ष र समानुपातिकमा घण्टीको २६ सिट !

काठमाडौं : प्रतिनिधि सभाको प्रत्यक्षतर्फ चार सिट जितिसकेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकसहित गरी २६ सिट ल्याउने देखिएको छ। चार सिट जितिसकेको पार्टीको चितवन १ र २ अनि ललितपुर ३ मा जित पक्का छ। सुनसरी २ मा समेत स्वतन्त्र पार्टीकै उम्मेदवारले २ हजारले लिड गरिरहेका छन्।
प्रत्यक्षमा नौ सिट आएमा समानुपातिकतर्फ रहेको एक सय १० सिटमा उसले अहिले पाएको समानुपातिक मतको प्रतिशत कायम राखे १७ सिटसम्म पाउने देखिन्छ।
समानुपातिकतर्फ पहिलो नम्बरमा एमाले, दोस्रोमा नेपाली कांग्रेस र एक लाख ७७ हजारसहित तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ। माओवादी समानुपातिक भोटमा चौथोमा छ।
मंसिर ८, २०७९ बिहीबार ०१:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।