श्रीमती ओनसरी चौथो भएर हारे पनि दोब्बर मतले जिते वर्षमानले

काठमाडौं : गठबन्धनको बलमा प्रतिनिधी सभामा पुग्न अपरिचित निर्वाचन क्षेत्र काठमाडौं २ बाट उम्मेदवार बनेकी ओनसरी घर्तीमगर २७ वर्षकी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता ढकालसँग पराजित भइन्।
सबैभन्दा बलियो उम्मेदवार मानिएकी उनी सोवितासँग प्रतिस्पर्धामा समेत आउन सकिनन्। चौथो भएर पराजित भइन्। राप्रपाकी उम्मेदवार कुन्तीदेवी पोखरेल तेस्रो भइन् भने प्रतिस्पर्धामा आए एमाले उम्मेदवार मणिराम फुयाँल।
पूर्व सभामुख समेत रहेकी उनी पराजित भए पनि उनका श्रीमान् तथा माओवादी केन्द्रका उपमहासचिव रहेका वर्षमान पुन रोल्पाबाट प्रतिनिधी सभामा निर्वाचित भएका छन्।
उनी निर्वाचित मात्रै भएनन् दोब्बर मत ल्याएर निर्वाचित भए। बुधवार राति सकिएको मतगणनामा उनले ४१ हजार ७ सय १४ मत पाएर एमालेका पूर्ण बुढामगरलाई पराजित गरे। बुढामगरले १६ हजार ४ सय ८५ मत पाएका छन्।
मंसिर ८, २०७९ बिहीबार ००:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।