स्थानीय तहको अंकगणितलाई फेल खुवाउँदै कास्की १(ख) मा एमालेका गुरुङ निर्वाचित

स्थानीय तहको अंकगणितलाई फेल खुवाउँदै कास्की १(ख) मा एमालेका गुरुङ निर्वाचित

पोखरा : कास्की क्षेत्र नम्बर १ (ख) बाट प्रदेशसभा सदस्यमा एमालेका बेदबहादुर गुरुङ (श्याम) निर्वाचित भएका छन्।

उनले नेपाली कांग्रेसका दीपक गुरूङलाई ८ सय ६७ मतान्तरले हराउँदै निर्वाचित भएका हुन्।

श्यामले १२ हजार ६६१ मत ल्याउदा कांग्रेसका दीपकले ११ हजार ७९४ मत पाएका थिए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका महेन्द्रबहादुर कार्कीले ३ हजार ६५६ मत पाए।

निर्वाचित भएका बेदबहादुर यसअघि मादी गाउँपालिकाको अध्यक्ष थिए।

स्थानीय तहको निर्वाचनमा गठबन्धनका वडाध्यक्षहरूले एमालेको भन्दा साढे ५ हजार बढि मत पाएको यस क्षेत्रमा एमालेका श्यामले बाजी मारेका हुन्।

मंसिर ७, २०७९ बुधबार २१:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।