तनहूँ १(ख) मा माओवादीका चुमान निर्वाचित

तनहूँ १(ख) मा माओवादीका चुमान निर्वाचित

पोखरा : तनहूँ क्षेत्र नम्बर १ को प्रदेशसभा (ख)मा माओवादी केन्द्रका हरिबहादुर चुमान विजयी भएका छन्।

उनले १३ हजार २७१ मत पाएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी एमालेका पूर्ण बहादुर गुरूङले १० हजार ५०३ मत पाएका थिए।

चुमान र गुरुङबीचको मतान्तर २ हजार ७६८ रहेको छ।

चुमानले २०७४ को निर्वाचनमा पनि यहि क्षेत्रबाट चुनाव जितेका थिए।

उनी गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री बनेका थिए।

मंसिर ७, २०७९ बुधबार २१:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।