पश्चिम नवलपरासी-२(क) मा स्वतन्त्र उम्मेदवार बस्नेत ७१ मतले विजयी

पश्चिम नवलपरासी-२(क) मा स्वतन्त्र उम्मेदवार बस्नेत ७१ मतले विजयी

बुटवल : पश्चिम नवलपरासीमा स्वतन्त्र उम्मेदवार खड्कबहादुर बस्नेत विजयी भएका छन्।

निर्वाचन क्षेत्र नम्बर २ (क) मा प्रदेश सदस्यका लागि उम्मेदवारी दिएका बस्नेतले राष्ट्रिय प्रजातन्त्र पार्टीका आशिष प्रधानलाई ७१ मतले पछाडि पार्दै विजयी भएका छन्।

बस्नेत १२ हजार ४४९ मत प्राप्त गरेका छन् भने राप्रपाका आशिष प्रधान १२ हजार ३७८ मत प्राप्त गरेका छन्। त्यस्तै एमाले उम्मेदवार थानप्रसाद गैरेले ९ हजार ९७१ मत प्राप्त गरे।

प्रधान मतगणनाकाे पहिलाे दिनदेखि नै धेरै मतले अग्रता लिदै आउँदा बुधबार पानीकाे धारा चिन्ह भएका स्वतन्त्र उम्मेदवार खड्कबहादुर बस्नेतले उछिन्दै ७१ मतले विजयी भएका हुन्।

मंसिर ७, २०७९ बुधबार २१:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।