'सनसिल्क दशैं भाइब्स २' प्रतियोगिताका तीन विजेता घोषणा

'सनसिल्क दशैं भाइब्स २' प्रतियोगिताका तीन विजेता घोषणा

काठमाडाैं : सनसिल्क दशैं भाइब्स २ प्रतियाेगितामा तीन जना विजेता भएका छन्।

बुधबार लाजिम्पाटमा भएकाे कार्यक्रममा सुमित्रा मौराती, प्रिन्सिका श्रेष्ठ र सनिषा भट्टराई विजेता भएका हुन्।

सनसिल्क नेपालले दशैंकाे अवसर पारेर डिजिटल कन्टेस्ट 'सनसिल्क दशैं भाइब्स' सञ्चालन गरेको थियो। जसमा प्रतियोगीहरूले आफ्नो राम्रो हेयरस्टाइल र दशैं भाइब्स प्रदर्शन गरि सहभागी हुन सक्ने थिए।

यस अभियानलाई ६० मिलियनभन्दा बढिको भ्युज प्राप्त भएको थियो भने २८०० भन्दा बढी प्रतियोगीहरूले आफ्नो सुन्दर हेयर स्टाइलका साथ दशैं भाइब्स प्रदर्शन गरेर अभियानले उलेख्य सफलता हासिल गरेको थियो।

यस कार्यक्रमका प्रत्येक विजेताले १ लाखका दरले नगद पुरस्कार प्राप्त गरेका छन्। साथै उनीहरूले ब्राण्ड एम्बेसडर प्रिन्सी र प्रिज्मासँगै १ वर्षको लागि सनसिल्क ग्याङ्ग अफ गल्स बनेर अर्को वर्ष सनसिल्ककाे प्याकहरूमा प्रदर्शित हुने अवसर पनि प्राप्त गरेका छन्।

सिजन १ मा प्राप्त सफलतालाई निरन्तरता दिँदै सेप्टेम्बर १, २०२२ मा 'डबल सेलिब्रेशन' नाराका साथ सनसिल्क दशैं भाइब्स २ सञ्लाचन गरिएको थियो।

मंसिर ७, २०७९ बुधबार २१:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।