विश्वकप फुटबलमा जापानले जर्मनीलाई हरायो

काठमाडौं : कतारमा जारी विश्वकपको बुधबारको खेलमा जापानले जर्मनीलाई २–१ गोलले पराजित गरेको छ।
पहिलो हाफमा अग्रता बनाएको जर्मनीले दोस्रो हाफमा अग्रता जोगाउन नसक्दा पराजित भयो। जर्मनीका लागि इकाली गुन्डोगनले ३३औं मिनेटमा गोल गरे।
जापानका रित्सु डोनले ७५औं मिनेटमा गोल गरेर टीमलाई बराबरीमा ल्याए भने ८३औं मिनेटमा टाकुमा असानोले गोल गर्दै जित सुनिश्चित गरे।
योसँगै यसपटकको विश्वकप फुटबलमा अचम्मका परिणाम आइसकेका छन्। यसअघि हिजो भएको खेल साउदी अरेबियाले विश्वकप विजेता अर्जेन्टिनालाई २–१ ले पराजित गरेको थियो।
मंसिर ७, २०७९ बुधबार २०:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।