रुपन्देही ४ बाट लोसपाका सवेन्द्रनाथ शुक्ल विजयी

रुपन्देही ४ बाट लोसपाका सवेन्द्रनाथ शुक्ल विजयी

बुटवल : रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्ल विजयी भएका छन्।

शुक्लले २८ हजार मत ल्याएर विजयी हुँदा निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमोदकुमार यादवले २२ हजार ७ सय ४ मत पाएका छन्।

यादवसँग यसअघिको निर्वाचनमा शुक्ल पराजित भएका थिए। शुक्ल संविधान सभा सदस्यसमेत हुन्।

सोही क्षेत्रबाट जनमत पार्टीका भुपेन्द्रप्रसाद यादवले १५ हजार ५ सय २६ मत ल्याएका छन्।

मंसिर ७, २०७९ बुधबार २०:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।