सिके राउत १८ हजार मतान्तरले विजयी

काठमाडौं : सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) विजयी भएका छन्।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मत १८ हजार ६३ मतान्तरले पराजित गर्दै राउत विजयी भएका हुन्।
राउतले ३५ हजार ४२ मत ल्याउँदा यादवले १६ हजार ९६९ मत ल्याए।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत ल्याए।
अन्य उम्मेदवारले हजार मत पनि कटाउन सकेन।
मंसिर ७, २०७९ बुधबार १९:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।