विश्वप्रकाश शर्मा भारी मतान्तरका झापा–१ बाट निर्वाचित

विश्वप्रकाश शर्मा भारी मतान्तरका झापा–१ बाट निर्वाचित

काठमाडाैं : नेपाली कांग्रेसका महामन्त्री विश्प्रकाश शर्मा भारी मतान्तरका झापा–१ बाट निर्वाचित भएका छन्।

सत्ता गठबन्धनका साझा उम्मेदवार शर्माले एमाले–राप्रपाका साझा उम्मेदवार अग्निप्रसाद खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गरेका हुन्।

शर्माले ३९ हजार ६२४ मत पाउँदा खरेलले २५ हजार ३४९ मत मात्रै पाए। एमालेको प्रभाव क्षेत्र मानिने झापा–१ मा कांग्रेसले २३ वर्षपछि जितेको हो।

शर्मा २०७० का दोश्रो संविधानसभा निर्वाचनमा एमालेका रविन कोइरालासँग र २०७४ मा वाम गठबन्धनका उम्मेदवार माओवादी नेता राम कार्कीसँग पराजित भएका थिए।

मंसिर ७, २०७९ बुधबार १८:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।