एमाले उम्मेदवार विशाल भट्टराईले भने- ‘पार्टी अपेक्षाकृत मत प्राप्त गर्न असफल देखियो’

एमाले उम्मेदवार विशाल भट्टराईले भने- ‘पार्टी अपेक्षाकृत मत प्राप्त गर्न असफल देखियो’

काठमाडौं : एमालेको तर्फबाट खोटाङमा प्रतिनिधिसभा सदस्य उम्मेदवार विशाल भट्टराईले पार्टीले अपेक्षाकृत मत प्राप्त गर्न नसकेको बताएका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत पछिल्लो मतपरिणाम सार्वजनिक गर्दै भट्टराईले यस्तो बताएका हुन्।

बराहपोखरी, खोटेहाङ, साकेला, दिक्तेल, रावाबेंशी र केपिलासगढीको मतगणना गर्न बाँकी रहेको अवस्थामा उनको यस्तो भनाइ आएको हो।

उनले भनेका छन्, ‘जे छ मतपेटिका भित्र छ, जनताको मत स्वीकार्य छ।’

पछिल्लो मतपरिणमअनुसार खोटाङमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका रामकुमार राईले १२ हजार १२४ मत ल्याउँदा भट्टराई ८३० मतले पछाडि छन्।

उनले ११ हजार २९४ मत ल्याएका छन्।

मंसिर ७, २०७९ बुधबार १८:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।