नुवाकोट–२ मा एमाले तेस्रो, हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दोस्रो

नुवाकोट–२ मा एमाले तेस्रो, हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दोस्रो

नुवाकोट : प्रतिनिधिसभा सदस्य निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले ३३ सय मतले अगाडि छन्।

उनले ९ हजार २०९ मत ल्याएका छन्। उनलाई सत्ता गठबन्धनका दलको समर्थन छ।

उनका निकटतम प्रतिस्पर्धी घण्टी चुनाव चिन्ह भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमनविक्रम पाण्डेले ५ हजार ८८७ मत ल्याए।

यहाँ एमाले नारायणप्रसाद खतिवडा तेस्रो स्थानमा छन्। उनले ५ हजार ३६३ मत ल्याएका छन्।

मंसिर ७, २०७९ बुधबार १८:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।